Khabar Samachar

बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

212
VIEWS

बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।

राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का बाजुरा आसपासका एक दर्जनबाढी जिल्लामा महसुस गरिएको छ।

यसअघि यही वैशाख १० गते पनि बाजुरा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

भूकम्पले क्षति पुर्याए/नपुर्याएको एकीन हुन सकेको छैन । सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित