सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् । एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी पूर्वसांसद गुलेफन खातुन लामो समयदेखि फरार थिइन् ।
प्रदेश सांसद रहेकै बेला खातुनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। साथै उनका श्रीमान् शेख शिलबरलाई पनि बराबरी सजाय र जरिवानाको फैसला सुनाइएको थियो।
उक्त मुद्दामा तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई भने कर्मचारी भएका कारण २ वर्ष सजायको फैसला भएको थियो।
खातुन कोशी प्रदेश सभामा एमालेबाट समानुपातिक सांसद भएकी थिइन्।
Discussion about this post