Khabar Samachar

Search
Close this search box.

निरा हत्याकाण्ड : आरोपीको बयान– सुन लुट्दा प्रतिकार गरेपछि हत्या गरें

360
VIEWS

चाबहिलको सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा आचार्यको हत्या अभियोगमा पक्राउ परेका विनोद विकले सुनको सिक्री लुट्ने क्रममा प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका छन् ।

शनिवार झापामा पक्राउ परेका विकले सुन लुट्ने क्रममा निराले प्रतिकार गरेपछि हत्या गरेको बयान दिएका हुन् ।

‘सुन र पैसा लुट्ने क्रममा प्रतिकार भएपछि हत्या गरेको हुँ भन्ने बयान दिएको छ । हत्या गर्न पसलकै चक्कु प्रयोग गरेको उसले बताएको छ,’ प्रहरी स्रोतले लोकान्तरसँग भन्यो ।

झापाबाट पक्राउ गरेर ल्याइएका विकलाई केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित