Khabar Samachar

एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै एसपी आभूषण तिम्सिनाले दिए राजीनामा

210
VIEWS

प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले राजीनामा दिएका छन्।एसएसपी बढुवा सिफारिसप्रति असन्तुष्टि जनाउँदै उनले आइतबार राजीनामा दिने घोषणा गरेका हुन्।२५ वर्षे सेवा पूरा हुन ४९ दिन बाँकी छँदा तिम्सिनाले राजीनामा दिएका हुन्।उनी २०५६ साल असार ३ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए।

‘मैले लगभग २५ वर्ष नेपाल प्रहरीजस्तो जनस्तरसम्म जोडिएको पवित्र संस्थाबाट राजीनामा दिएर अलगिने निर्णय गरेको छु,’ उनले भनेका छन्।उनले नेपाल प्रहरीका क्षमतावान, उत्कृष्ट राष्ट्रसेवक कर्मचारीहरू कहिलेसम्म भेदभाव, असमानता र अन्यायबाट मुक्त हुने भन्ने प्रश्नसमेत गरेका छन्।कानूनले नचिनेका शक्ति केन्द्र धाउने क्रम अन्त्य हुनुपर्ने उनको भनाइ छ।‘अन्यायको शिकार भएका यी तीन दिन र रातहरूमा मैले अन्यायलाई चुपचाप सहनु भनेको अन्यायलाई र अन्यायी प्रवृत्तिलाई थप मलजल र जगेर्ना गर्नु हो भन्ने गहिरिएर मनन गरेको छु,’ उनले भने, ‘प्रहरी संगठनमा म आफैँ अन्यायमा परेँ।’गत वैशाख १५ गते १८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्दा तिम्सिना छुटेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित