Khabar Samachar

Search
Close this search box.

राष्ट्रिय स्वतन्त्र पार्टीको सचेतकमा सांसद निशा डाँगी नियुक्त

204
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचेतकमा सांसद निशा डाँगी नियुक्त भएकी छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको संसदीय दल बैठकले डाँगीलाई सचेतकको जिम्मेवारी दिएको हो।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार सां‌सद डाँगीलाई सचेतक बनाउने निर्णय भएको छ। ‘निशा डाँगीलाई हामीले सचेतक बनाएका छौं,’ उनले भने।

डाँगी भद्रपुर नगरपालिका वडा नम्बर १ झापाकी हुन्। उनी समानुपातिकतर्फबाट रास्वपामा प्रतिनिधि सभा सांसद बनेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित