पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) पुनस्र्थापना गर्दै प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन आदेश दिएको छ । सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको पाँचसदस्यीय बेञ्चले अविश्वास प्रस्ताव खारेज गर्ने उपसभामुख कासिम सुरीको निर्णयलाई असंवैधानिक ठहर गरेको छ । प्रधानमन्त्री खानले संसद भंग गर्न राष्ट्रपतिलाई सिफारिस गर्न नसक्ने ठहर गर्दै संसद पुनर्स्थापना गरेको छ ।
Discussion about this post