चितवनस्थित घरको छतबाट लडेर गम्भीर घाइते भएका रास्वपा सभापति रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्यु भएको छ ।
सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेका थिए।
सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो। सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।
मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।
वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट लडेर सख्त घाइते भएका शम्भु सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर हो । ३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो । उनको टाउकोमा गहिरो चोट लागेको थियो ।
Discussion about this post