Khabar Samachar

Search
Close this search box.

अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट रावल पक्राउ, रुङ्गटा फरार

213
VIEWS

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले अनमोल फिड्सका चार्टर्ड अकाउन्टेन्ट जीवन रावललाई पक्राउ गरेको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ का ३६ वर्षीय रावललाई बिहीबार बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ बाट प्रहरीले पक्राउ गरेको हो । कतिपय हिसाब नै लुकाएर त कतिपय कँडेलका कमजोरीहरु प्रदीप रुङ्गटालाई भनेर उनीहरुबीच तनाव ल्याउने काम गरेको आरोप रावलमाथि छ ।

कँडेलका व्यापार साझेदार प्रदीप रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलविरुद्ध कँडेलका परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए । रुङ्गटा भने फरार छन् । रुङ्गटाको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष कँडेल मंगलबार साँझ नारायणगढस्थित आफ्नै कार्यालयमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा भेटिएको सुसाइड नोटमा रुङ्गटा र चार्टर्ड अकाउन्टेन्ट रावलले मानसिक पीडा दिएको उल्लेख थियो । सोही आधारमा परिवारका सदस्यले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित