Khabar Samachar

बढ्दो राजनीतिक वितृष्णा र विकल्प

236
VIEWS

 

शिशिर राज पाण्डे । कुनै पनि व्यवस्था सफल, असफल हुनुमा स्वयंनै वा सो व्यवस्थाका शासक कारक रहने गर्छ । यदि शासन सत्ता संचालन गर्दा जनचाहना प्रतिकूल वा कुशासन, दण्डहीनता, स्वच्छाचारी भए सो व्यवस्थाको विकल्प खोजिएको इतिहास जगजाहेर छ ।राजनीतिक दलले देशलाई समृद्द र ब्यवस्थापन गर्न नसक्ने भए अव मौरीको घारमा प्रकृतिले दिएको नियम अनुसार वस्न सक्नुपर्छ | आफ्नो स्वार्थका लागि ति दुखी, दरिद्र र सर्वहारा बर्गलाई उचाल्ने जातीय, वर्गिय, भौगोलिक रूपमा देश र जनता बीचको एकतालाई खल्वालाउने जस्ता कार्य रोक्नुपर्छ | नेपालको जस्तो प्राकृतिक सौदर्य र हावापानी विश्वमा कुनै पनि देशमा पाईन्न | हामीलाई भागवानले नै भरिपूर्ण पारिदिएका छन | हामीले ब्यवस्थापन गर्न सकेका छैनौ | प्राकृतिले दिएको र पुर्खाले आर्जेको चिनारी मास्दै छौ | अव, राजनीतिक दलले नेपाली जनताको बैचारिक, जातीय, वर्गिय र विविधतालाई संवोधन गर्दै सघीय लोकतान्त्रिक, गणतन्त्रलाई गति दिन नयाँ विचार, नयाँ कार्य दिशा, नयाँ नेतृत्व र नयाँ कार्यशैलिले मात्र नयाँ यूगको नयाँ कार्यभार पुरा गर्न सकिन्छ भन्ने कुरालाई मनन गरि स्वतन्त्र, निश्पक्ष, राष्ट्रिय स्वधीनताको, पक्षमा उभिन सक्नुपर्छ |  राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा  दल र नेताप्रति वितृष्णा पैदा  भैसकेको छ ।  जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।

आज देशमा  भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो ।  राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् । दलहरु गलत बाटोमा अघि बढि रहेका छन ।  यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा   महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् ।  दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र  तिनका नेताहरु  खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नजाने हो भने देश अघि बढन सक्छ । अब हामी गम्भिर भएर अघि बढनु पर्छ । मुलुकलाई बनाउने र बिगार्ने भनेको प्रमुख भूमिका राजनीतिक दलकै हो । नेपालमा राजनीतिक दलहरु त्यति राम्रो ढंगले अघि बढन सकेका छैनन् । सरकारमा गएर पनि दलहरु राम्रो संग काम गर्न सकेनन् ।  दलहरुले काम गर्न सकेनन् भने भोली ठूलो समस्या आउन सक्छ । सत्ता चलाउने मात्र होकी जनताको पनि काम गर्ने हो ? आज देशमा सुशासन कायम हुन सकेको छैन । दुख पाए पछि मान्छे सुखको पक्षमा जे माथि पनि बिस्वास गर्छ भनेझैं जनता विभिन्न समयमा शासन व्यवस्था परिवर्तन हुँदा आफ्नो समस्या समाधान हुने आशले व्यवस्था परिवर्तनको लामो संघर्षमा लागे । तत्पश्चात अहिले संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको स्थिति आई पुग्यो । व्यवस्था पटकपटक परिवर्तन भए तापनि व्यबहार परिवर्तन नहुनु वा पात्र फेरिएर प्रबृत्ति नफेरिनुले परिवर्तनको आभाष दिलाउन सकेको छैन ।अहिले व्याप्त बेथिति भ्रष्टाचार, अराजकता, दण्डहीनता तथा राज्यका सबै निकाय लाई पार्टीको भर्ती केन्द्र बनाउनुले राजनीतिक नेतृत्व माथि जनताको वितृष्णा बढेको छ ।

सुशासित कानुनी राज्यका लागि नैतिक चरित्र वान सुयोग्य नेतृत्व बाट स्थायित्व खोजेको राष्ट्रले व्यक्तिका महत्वाकांक्षा, लालच जस्ता कारण राष्ट्रिय ढुकुटी रित्याउन उध्दत रहेकोझै बिम्ब देखिन थालेको छ । यसरी एक राजा फालिएर पनि सयौंको संख्यामा उत्तिकै अनुभव गराउने पंक्तिको उपस्थिति हेर्दा पहिले अहिलेमा अनुभुती जन्य भिन्नता पाउन सकिएको छैन कुनै पनि प्रणाली वा शासकिय स्वरुपले आफैमा विकास गर्ने वा प्रगतिको छलाङ मार्ने हुँदैन तर ब्यवाहारीक, प्रणालीगत सहजताको श्रृजना प्रणालीले गर्दछ । यसर्थ व्यवस्था जतिसुकै राम्रो भए पनि विकृतिले गाँज्यो भने संसारमा कुनै पनि तन्त्र नरहन पनि सक्छ । यस बेलाको प्रमुख आवश्यकता आर्थिक विकास र समृद्धि हो। त्यसका लागि राजनीतिक स्थायित्व सुशासन नभइ हुँदैन।स्थायित्व भनेको मान्छेको मात्र स्थायित्व नभएर नितिको पनि स्थायित्व हो। नितिको स्थायित्व भएन भने बाह्य लगानी आउँदैन। हाम्रो जस्तो देशमा बैदेशिक लगानि र प्रबिधि नल्याएसम्म तिब्र विकास हासिल गर्न सकिदैन। क्रमिक विकास त हुन्छ तर तिब्र विकास हुँदैन ।यी सबै समस्या माथि अबको विकल्प र आश जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतिय पद्धति हो ।अहिलेको व्यवस्थामा सरकारका मन्त्री समग्र जनताको चाहना आवश्यकता भन्दा पनि आफ्नो पार्टी, कार्यकर्ता र निज निर्वाचित भएको सानो क्षेत्रमा मात्र केन्द्रित रहन्छ ।

 

अर्को चुनावका लागि उसले आफ्नै मात्र निर्वाचन क्षेत्र खुसी बनाए पुग्छ । अरु क्षेत्र र जनताको लागि केही काम नगरे पनि फेरि चुनाव जित्ने अवस्था रहन्छ । यसरी यो व्यवस्थामा सबै क्षेत्रको प्रतिनिधित्व हुँदैन । कुनै क्षेत्रको प्रतिनिधि पटकपटक मन्त्री बन्ने र कुनै क्षेत्रको कहिल्यै नहुने हुनाले पनि यो असमान छ । त्यसै माथि अहिलेको जस्तो धुपौरे, पछौटे र दया मायाले पाउने मन्त्री, प्रधानमन्त्री तथा राष्ट्रपतिको पदले बिल्कुलै जनताको भावनाको प्रतिनिधित्व गर्दैन ।जनता बाट प्रत्येक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली भएको खण्डमा राजनीतिमा देखिने लुट तन्त्र, अराजकता, बेथिति न्युनिकरण भएर जान्छन् । उमेदवार हुन बनाउन पनि योग्य स्व्च्छ छवि भएको व्यक्ति सबै नेपालीले मन पराउने मान्छे उठाउनु पर्ने पार्टीको बाध्यता हुन्छ ।

एक उमेदवार ले देशै भरि मतदान किन्ने रक्सि मासुले भतेर गर्ने संभावना पनि कम रहन्छ । यसरी हेर्दा अहिले विभिन्न देश फ्रान्स, श्रीलंका साथै अर्जेन्टिना, ब्राजिल, चिली, फिलिपिन्स, दक्षिण अफ्रिका जस्ता मुलुकमा कायम रहेको कार्यकारी राष्ट्रपति प्रणाली नेपालमा तत्कालका लागि आवश्यक नठहरिए पनि अमेरिकामा हाल कायम रहेको प्रणाली नेपालमा उपयुक्त हुने देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित