लखनउ सुपरजायन्ट्सका कप्तान केएल राहुलले चोटका कारण आइपिएलका बाँकी खेल गुमाउने भएका छन्। उनले भारत र अस्ट्रेलियाबिचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पनि गुमाउने भएका छन्।
लखनउले राहुलको स्थानमा राइट ह्यान्डेड ब्याटर करूण नायरलाई टिममा सहभागि गराउने निर्णय गराएको छ।
आइपिएलले एक विज्ञप्ती जारी गर्दै गत संस्करणमा राजस्थानबाट खेलेका करुण नायरलाई ५० लाख भारु बेसप्राइसमा लखनउले टिममा सहभागि गराएको उल्लेख छ। उनी मिनी अक्सनमा अनसोल्ड रहेका थिए। टिमले राहुललाई १७ करोडमा रिटेन गरेको थियो। राहुल भने आइपिएलका दौरान बेंगलोर विरुद्धको खेलमा गत सोमबार फिल्डीङका क्रममा चोटिल भएका थिए।
आइपिएलमा अहिलेसम्म १६ खेलाडी बाहिर भइसकेका छन्। जसमा मुम्बई इन्डियनका जसप्रित बुमराह, गुजरात टाइटन्सका केन विलियम्सन र कोलकाता नाइटराइडर्सका कप्तान श्रेयस अय्यर लगाएतका बलिया नामसमेत आइपिएल गुमाउनेमा रहेका छन्।
Discussion about this post