अर्जेन्टिनाका कप्तान लियोनल मेसीले पेरिस सेन्ट जर्मन (पीएसजी)को अनुमतिबिना साउदी अरेबिया गएकोप्रति माफी मागेका छन् ।
गत आइतबार लिगमा लोरियन्टसँग घरेलु मैदानमै पराजित भएपछि मेसी साउदी अरबको भ्रमणमा निस्किएका थिए । उक्त खेलमा मेसीले ९० मिनेट मैदानमा बिताएका थिए ।
अनुमतिबिना साउदी गएपछि पीएसजीले मेसीलाई दुई साताका लागि निलम्बन गरेको थियो । मेसीले निलम्बनको समयमा पीएसजीमा प्रशिक्षण गरेका छैनन् ।
“मैले हामी सधैँजस्तै खेलपछि एक दिन बिदामा जाँदैछौँ भन्ने सोचेँ । मैले यो यात्रा व्यवस्थित गरेको थिएँ र मैले यसलाई रद्द गर्न सकिनँ । किनकि मैले पहिले नै रद्द गरिसकेको थिएँ । म मेरो टोलीका साथीहरूसँग माफी चाहन्छु र म क्लबले ममाथि के गर्न चाहन्छ भनेर पर्खिरहेको छु,” मेसीले इन्स्टाग्राम स्टोरीमा एक भिडियोमार्फत भनेका छन् ।
Discussion about this post