Khabar Samachar

Search
Close this search box.

सांसदमा ई–हाजिरीको व्यवस्थाबारे छलफल

207
VIEWS

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरू तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ रहेको बताएका छन्।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा इ-हाजिरी सुरू गर्नेबारे छलफल भएको छ।

छलफलका क्रममा सभामुख घिमिरेले राष्ट्रिय सभामा भएको इ-हाजिरी प्रतिनिधि सभामा पनि लागू गर्नुपर्ने बताएका हुन्।

उनले भने- संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ। सांसद तलब-भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आमबुझाइ छ। दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद सचिवालयलाई इ-हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।

सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिमा रहने सदस्यको नाम ३ दिनभित्र बुझाउन पनि दलहरूलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
काठमाडौं महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठले मतगणना दोहोर्‍याउन माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
भर्खरै प्रकाशित