Khabar Samachar

अमरेशकुमारले खोले संसदभित्रै लुगा

207
VIEWS

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेका छन्।

बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।

सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।

तर, अमरेशले यसलाई ख्याल गरेनन् पटक पटक सभामुखले सचेत गराउँदा पनि वास्ता गरेनन् । अति भएपछि सभामुखले सोही नियमावलीको नियम ३० अनुसार चेतावनी दिए । नियम ३० अनुसार अभद्र व्यवहार गर्ने सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछ । र, चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ ।

सो चेतावनीलाई पालना गर्दै अमरेशले आफूले खोलेको कपडा लगाउन सुरु गरे र कारबाहीबाट बचे । अन्यथा उनलाई सभामुखले नियम ३१ अनुसार बैठक कक्षबाट बाहिर जान आदेश दिनसक्थे । त्यो पनि नमानेको भए मर्यादापालकको सहयोगमा बााहिर निकाल्न सक्ने व्यवस्था थियो । त्यसरी निकालिएका सांसद ३ दिनसम्म बैठकमा सहभागी हुन नपाउने नियमावलीमा व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित