Khabar Samachar

Search
Close this search box.

टोपबहादुरलाई ओलीको ‘झड्केलो छोरो’ भनेपछि राष्ट्रियसभामा एमालेको नियमापत्ति

209
VIEWS

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई अध्यक्ष केपी शर्मा ओलीको ‘झड्केलो छोरो’ भनेपछि राष्ट्रियसभाको आजको बैठकमा एमालेले नियमापत्ति जनाएको छ।

आइतबारको बैठकमा कांग्रेस सांसद रमेशजंग रायमाझीले दिएको अभिव्यक्ति सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग एमालेले माग गरेको हो।

सोमबारको बैठकको सुरुमै नियमापत्ति जनाउँदै आइतबार एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले रायमाझीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरे।

उनले भने, ‘माननीय रमेशजंग रायमाझीले जुन खालको अभिव्यक्ति दिनुभएको छ, हिजो आफ्ना अभिव्यक्ति राख्ने क्रममा छ। त्यसमा नेकपा एमालेको नियमापत्ति छ। हामीले हिजो नियमापत्ति जनाउने सोचे पनि पहिलो दिनको बैठक भएकाले गरेनौँ। उहाँले हिजो पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई जड्खेलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ।’

संविधानको धारा २६९ ले समान विचार भएका र सिद्धान्त भएकाहरूको बीचमा संगठन निर्माण गर्न सकिने भनिएको उल्लेख गर्दै संविधानको धारा ११७ मा मौलिक हकको व्यवस्था गरिएको बताए।

उनले भने, ‘व्यक्तिको व्यक्तिगत स्वतन्त्रतालाई हनन गरिने छैन भन्ने कुरा गरिएको छ। हाम्रो पार्टीका सचिव कुनै बेला माओवादीको नेताको रूपमा रहनुभएको छ। उहाँ अहिले नेकपा एमालेको सचिवको रूपमा रहनुभएको छ। झड्केलो छोरोको शब्द जुन राखियो, यो शब्दले हाम्रो सम्पूर्ण सांसदको गरिमा घट्छ की बढ्छ ? हिजो उहाँले बोलेको उक्त शब्द रेकर्डबाट हटाउन माग गर्दछु।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित