नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडडौं ठगी प्रकरणमा ठूला दलका शीर्ष नेताको नाम जोडिएपछि सुवालले कटाक्ष गरेका हुन्।
मंगलबार बसेको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फिल्म देखाउन लागेको भन्दै कटाक्ष गरेका छन्।
केही दिनअघि प्रधानमन्त्री प्रचण्डले यो प्रकरणमा ट्रेलर मात्रै सार्वजनिक भएको भन्दै अब फिल्म देखाउन बाँकी रहेको बताएका थिए।
प्रचण्डको उक्त भनाइलाई लिएर सुवालले व्यंग्य कसेका हुन्। ‘प्रधानमन्त्रीले यो प्रकरणमा अब फिल्म देखाउँछु भन्नुभएको थियो’, उनले भने, ‘अहिले दाहाल (प्रधाननमन्त्री) जी, केपी ओलीजी र देउवाजीको मिटिङ बसिरहेको छ। प्रधानमन्त्रीले भने जस्तै फिल्म देखाउन नै हो कि?’
सुवालले संसदमा सम्बोधन गर्नुअघि शीर्ष तीन नेताबीच सिंहदरबारमा वार्ता भएको थियो। त्यहाँ उनीहरु दुई घण्टा भन्दा बढी समय वार्तामा जुटेका थिए।
Discussion about this post