Khabar Samachar

Search
Close this search box.

नक्कली शरणार्थी प्रकरणमा थप दुईजना बिचौलिया पक्राउ

206
VIEWS

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्। काठमाडौंको टोखाका रामशरण केसी र मोरङको बेलबारीका गोविन्द चौधरी पक्राउ परेका हुन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार शंखमुलबाट पक्राउ गरेका दुवैजनालाई थप अनुसन्धानका लागि काठमाडौं परिसर बुझाइएको छ।

यससँगै भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेको संख्या १० पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित