Khabar Samachar

फेरिए गृह सचिव, खाँण पक्राउ परेकै दिन उनले गृहमा ल्याएका सचिव सरुवा

201
VIEWS

गृह मन्त्रालयका सचिव फेरिएका छन्।गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सरूवा गरिएको छ।गृह सचिवमा भने दिनेश भट्टराईलाई ल्याउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सचिव सरूवा गरेको हो।

खाँणले असोज २ मा टेकनारायण पाण्डेलाई सरुवा गरी गृहमा सिंहलाई ल्याएका थिए। पाण्डे यसअघि नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परिसकेका छन्।

खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा भुटानी शरणार्थी विवरण तयार गर्न बनेको कार्यदलको प्रतिवेदन हेरफेर गरिएको थियो।

कार्यदलले नेपालमा भुटानी शरणार्थी कति छन् भन्ने विवरण बनाएको थियो। उक्त प्रतिवेदन खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा हेरफेर भएको थियो।

कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए।

पाण्डेले मन्त्रीकै निर्देशनमा आफूले काम गरेको बयान दिएका थिए।

सिंहको सरुवापछि दिनेश भट्टराईलाई गृहमा ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित