Khabar Samachar

‘बालकृष्ण खाणलाई गृह मन्त्रालयमा गएर पैसा बुझायौँ’ – सानु भण्डारी

228
VIEWS

नक्कली परिचयपत्र बनाएर अमेरिका पठाउने धन्दामा संलग्न आरोपमा थुनामा रहेका सानु भण्डारीले आफुले ‘बालकृष्ण खाण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएको बाताएका छन् । चैत १२ मा पक्राउ परेका भण्डारीले तत्कालीन गृहमन्त्री खाँणलाई मन्त्रालयमा गएर पैसा बुझाएको बयान दिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले  बताए । प्रहरीसँगको बयानमा सानुले भनेका छन्– ‘बालकृष्ण खाण र टेकनारायण पाण्डेलाई मन्त्रालयमै लगेर पैसा बुझाएका थियौँ ।’शरणार्थीको नाममा ठगेको आरोपमा थुनामै रहेका केशव दुलालमार्फत १ करोड २५ लाख रुपैयाँ गृह मन्त्रालयमा लगेर बुझाएको उनले अनुसन्धान अधिकृतहरूलाई बताएका हुन् । बयानमा उनले भनेका छन्– ‘मन्त्री खाँण र सचिव पाण्डेका लागि एकमुष्ट १ करोड २५ लाख लगेर दिएका थियौँ ।’ १ करोड २५ लाख नगद खाण र पाण्डेले लिएको बयानसँगै प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सचिव टेकनारायण पाण्डे पनि थुनामा छन् ।आफूलाई भुटानी शरणार्थीबारे जानकारी नभए पनि मोरङ घर भएका केशव दुलालमार्फत ३ वर्षदेखि यसबारे काम गरिरहेको उनले बयानमा बताएका छन् । बयानमा भण्डारीले भनेका छन्– ‘मलाई आइडिया थिएन, दुलालले यसो गरौँ भनेपछि अलिअलि भएको पैसा लगानी गरेर यसमा लागेको हुँ ।’ अमेरिका पठाउने आश्वासन आफूले ५० जनासँग पैसा उठाएको र घर जग्गा बेचेर गृहमन्त्री र सचिवलाई ‘घुस रकम’ दिएको बयान दिएका छन् । शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित