Khabar Samachar

Search
Close this search box.

सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा वैदेशिक रोजगार विभागको छापा

226
VIEWS

सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । साउदी कामदार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ ।

अनुमति नै नलिई साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाको आभारको विभागको टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ ।

विभागका शाखा अधिकृत धर्मराज लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक कागजात हेरेको थियो । त्यहिक्रममा वैशाख १५ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो । तर, कम्पनीले आजै अन्तर्वार्ता लिएको पाइएको लम्सालले बताए ।मेनपावर कम्पनीले एउटा कम्पनीको विज्ञापन देखाएर अर्को कम्पनीको लागि अन्तर्वार्ता लिएको देखिन्छ । अन्तर्वार्ताका लागि आएकाहरूले हादी हमाद कम्पनीको अन्तर्वार्ता लिएको थियो । तर, विभागको टोलीलाई AL-TAWI FOR BULDING AND CONSTRUCTION CO.LTD को लागि भन्दै विज्ञापन देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित