Skip to main content

Khabar Samachar

Search
Close this search box.

सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा वैदेशिक रोजगार विभागको छापा

228
VIEWS

सिनामंगलस्थित सेन्ट्रल क्यापिट सर्भिसेज प्रालीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । साउदी कामदार पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक मेनपावर कम्पनीमा वैदेशिक रोजगार विभागको टोलीले छापा मारेको छ ।

अनुमति नै नलिई साउदीमा हेभी ट्रक ड्राइभर, रोड मेन्टेनेन्स वर्कर र ट्रक ड्राइभरको लागि अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाको आभारको विभागको टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा अनुमति लिएको तर, तोकिएको मितिभन्दा अगावै अन्तर्वार्ता लिएको पाइएको विभागले जनाएको छ ।

विभागका शाखा अधिकृत धर्मराज लम्सालको नेतृत्वमा गएको टोलीले आवश्यक कागजात हेरेको थियो । त्यहिक्रममा वैशाख १५ गते अन्तर्वार्ताको लागि मिति तोकिएको थियो । तर, कम्पनीले आजै अन्तर्वार्ता लिएको पाइएको लम्सालले बताए ।मेनपावर कम्पनीले एउटा कम्पनीको विज्ञापन देखाएर अर्को कम्पनीको लागि अन्तर्वार्ता लिएको देखिन्छ । अन्तर्वार्ताका लागि आएकाहरूले हादी हमाद कम्पनीको अन्तर्वार्ता लिएको थियो । तर, विभागको टोलीलाई AL-TAWI FOR BULDING AND CONSTRUCTION CO.LTD को लागि भन्दै विज्ञापन देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित