Khabar Samachar

Search
Close this search box.

भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन वाइसिएलले प्रदर्शन गर्ने

201
VIEWS

नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल)ले भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गर्ने भएको छ । शुक्रबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने वाइसिएल अध्यक्ष सुबोध शेर्पालीले बताए ।

सरकारलाई भुटानी शरणार्थी प्रकरणमा सहयोग पुग्नेगरी काम गर्न दिनुपर्ने शेर्पालीले बताए । ‘शक्ति केन्द्रहरूको आडमा सरकारले चालेका महत्त्वपूर्ण कदममा अवरोध नपुर्यास् ।  दोषि नछुटोस्, निर्दोष नफसोस र भ्रष्टाचारविरुद्धको अभियान नरोकियोस् भन्ने छ’ शेर्पालीले भने, ‘भ्रष्टाचार अनियमिततामा सबैले ऐक्यबद्धता र खबरदारी गर्नु आम नागरिकको जिम्मेवारी हो ।’

वाइसिएलका मातहतका सबै कमिटीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा कारवाहीका लागि दबाब दिन कार्यक्रम गर्न निर्देशन दिएको शेर्पालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित