नेपाली कांग्रेसले पूर्वसांसद पुरूषोत्तम बस्नेतको निधनमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ।
वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
वैशाख ३१ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द हुने पनि उनले बताए। १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम पनि तय भएको उनको भनाइ छ।
बस्नेतको निधनप्रति सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।

























Discussion about this post