Khabar Samachar

Search
Close this search box.

भ्रष्टाचारको एउटा फाइल खोल्दैमा सरकारको सफलता भन्न मिल्दैन: रवि लामिछाने

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन्।

शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरूद्ध वृहत आन्दोलनमा पत्रकारहरूसँग कुरा गर्दै उनले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने बताए।

अन्य धेरै लाइनमा रहेका काण्डहरूको पनि अनुसन्धान भए सरकारको सफलता मान्ने उनले बताए।

‘गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला। जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन। एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ,’ उनले भने, ‘त्यतिधेरै पनि नलियौं होला। आशावादी हुनुपर्छ। धेरै काण्डहरू लाइनमा छन्। ती काण्डहरू पनि अनुसन्धान हुन्। अनि हेर्छौं।’

भुटानी शरणार्थी काण्डको अनुसन्धान गरेकाले सरकारलाई धन्यवाद दिनुपर्ने पनि उनले बताए।

‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरूलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ। देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरूको उजागर भयो। विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरू हतकडी लाएर जेल गएको देखेका छौं। यो देशको बेइज्जत भएको होइन यो देशको इज्जत बढेको हो,’ उनले भने।

नेपालले पनि पूर्वप्रधानमन्त्रीहरूलाई हतकडी लगाएर जेलमा कोच्ने नजिर राख्नुपर्ने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित