Khabar Samachar

Search
Close this search box.

लडाकु घोटालासहित सबै काण्ड छानबिन गरियोस् – एमाले

201
VIEWS

नेकपा (एमाले)ले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय गर्न माग गरेको छ । निष्पक्ष अनुसन्धानमा एमालेका तर्फबाट पूर्ण सहयोग रहने स्पष्ट पारिएको छ ।

पार्टी केन्द्रीय कमिटीको बैठकबाट पारित समसामयिक प्रस्तावमा यो विषय पनि उल्लेख छ । उक्त प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा मुलुकको प्रतिष्ठामाथि नै गम्भीर प्रश्न खडा भएको एमालेले जनाएको छ ।

“…दोषी कोही नछुटून् र निर्दोष कोही नफसून् भन्ने कुरातर्फ यो बैठक गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छ,” पारित प्रस्तावको चौथो बुँदामा उल्लेख छ, “राज्यका वैधानिक निकायबाट गरिने यस्ता विषयको निष्पक्ष अनुसन्धानमा हाम्रो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने पनि स्पष्ट पार्न चाहन्छ ।”

एमालेले लडाकु शिविर घोटालालगायत चर्चामा आएका सबै काण्डको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गरेको छ ।

यस्ता घटनाको निष्पक्ष छानबिन र दोषीलाई कानुनको दायरामा नल्याउँदा लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको एमालेले जनाएको छ ।

“नेपाली समाजमा भ्रष्टाचार र अनियमितता संक्रामक रोगका रूपमा रहँदै आएको छ । यस्ता घटनाहरूको निष्पक्ष छानबिन र दोषीहरूलाई कानुनको दायरामा नल्याउँदा यसले लोकतान्त्रिक प्रणाली, राजनीतिक नेतृत्व र पार्टीहरूमाथि नै प्रश्न उठ्ने स्थिति सिर्जना भएको छ,” पारित प्रस्तावको पाँचौँ बुँदामा लेखिएको छ, “यो बैठक लडाकु शिविर घोटालाकाण्डलगायत चर्चामा आएका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन अघि बढाउन सम्बद्ध निकायसमक्ष आह्वान गर्दछ । यस्ता छानबिनमा पार्टीको पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित