सर्वोच्च अदालतले रेशम चौधरीलाई जन्मकैदको फैसला यथावत राखेपछि नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट बनेका छन् । सो पार्टीका केही नेता-कार्यकर्ता विरोध जनाउन माइतीघर पुगेका छन् ।नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य ऋषि धमलाकी पत्नी एलिजा गौतमसहितका कार्यकर्ता माइतीघर मण्डलामा नाराबाजी गर्न पुगेका हुन् ।उनीहरुले सर्वोच्चको फैसला अन्यायपूर्ण भएको भन्दै चौधरीलाई रिहाइ गर्न माग गरेका छन् ।
Discussion about this post