Skip to main content

Khabar Samachar

Search
Close this search box.

एमाले नेता रामबहादुर राना मगरमाथि इलाममा आक्रमण प्रयास

201
VIEWS

कोशी प्रदेशसभा सदस्य रामबहादुर राना मगरमाथि गृह जिल्ला इलाममा आक्रमणको प्रयास भएको छ । बुधबार कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता रानामगर माथि कोशी नामकरणको विपक्षमा रहेका समूहले आक्रमणको प्रयास गरेको हो ।

इलामको माङसेबुङ गाउँपालिकाको कार्यक्रममा जाने क्रममा पहिचानको आधारमा नामकरण हुनुपर्ने पक्षमा रहेकाहरुले आक्रमणको प्रयास गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातिय संस्था आन्दोलनमा छन् । आन्दोलनरत पक्षले कोशीको पक्षमा मतदान गर्ने सांसदलाई बहिस्कार अभियान सञ्चालन गरिरहेको छ । सोही समूहले माङ्सेबुङ जाने क्रममा घर्ती दोभान भन्ने स्थानमा आक्रमणको प्रयास गरेको हो ।

मगरमाथि आक्रमण प्रयासको घटनाको एमाले कोशी प्रदेश संसदीय दलले भर्त्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित