Khabar Samachar

सभामुख देवराज घिमिरे र सांसद चन्द्र भण्डारी बिच भेटघाट

260
VIEWS

सभामुख देवराज घिमिरे र सांसद चन्द्र भण्डारी बिच भेटघाट भएको छ । सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई बत्तिसपुतलीस्थित निवासमा भेट गरेका हुन । सो अबसरमा बर्तमान राजनीतिक र आर्थिक अवस्था बारे छलफल भएको भण्डारीको निजी सचिबालयले बाताएको छ । भेटमा सांसद भण्डारीले आफूले नीति तथा कार्यक्रममा आफ्ना केही कुराहरु राख्न चाहेको बताए ।

‘सम्माननीयज्यू, नीति तथा कार्यक्रममाथिको छलफलका सहभागी भएर आफ्ना कुरा राख्न मन छ । घटनापछि मलाई केही कुराहरु सदनमार्फत जनतालाई सुनाउन मन छ’, उनले भने, ‘जीवन जतिबेलासम्म रहे पनि कमसेकम मनका कुरा भनौं भन्ने लागेको छ । तत्कालिन सभामुख सुवासचन्द्र नेम्वाङले संविधानसभामा कठीन अवस्थामा पनि अभिभावकत्व निर्वाह गर्नुभयो । सम्माननीयज्यूबाट पनि संसदको अभिभावत्व कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने लागेको छ ।’सभामुख घिमिरेले भने, ‘चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईंलाई बोल्ने व्यवस्था मिलाउँछौं । तर, जीवन रहे बोल्ने अवसर त आइहाल्छ । अहिले स्वास्थ्यको राम्रो ख्याल गर्नुहोला ।’

महासचिव डा. भरतराज गौतमले स्वास्थ्यले साथ दिन्छ भने सचिवालयले विशेष व्यवस्था गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित