नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने प्रलोभन देखाइ ठगेको आरोपमा ३२ जनालाई प्रतिवादी बनाएर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे पनि सो प्रकरणका एक आरोपितका रूपमा थुनामा छन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा सचिव पाण्डेले गिरोहसँग लिएको १ करोड १४ लाखको हिसाब प्रहरीले फेला पारेको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार तत्कालीन गृह सचिव पाण्डेले १ करोड १४ लाख नगद बैंक खातामा डिपोजिट गराएका हुन् ।
सचिव पाण्डेले पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) लाई रकम डिपोजिट गर्न लगाएको अनुसन्धानबाट थाहा भएको प्रहरी स्रोतको भनाइ छ ।
अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘तत्कालीन गृह सचिव पाण्डेले पीएसओलाई रकम डिपोजिट गर्न लगाएको भेटिएको छ ।’
Discussion about this post