Khabar Samachar

मधेश प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

204
VIEWS

नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।

गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णय विपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको एक प्रदेशसभा सदस्यले सेतोपाटीलाई बताए।

‘जसपाले हामीलाई पेलेको पेलै गर्यो। गठबन्धनका केन्द्रीय नेताहरूबीच लोसपा र माओवादीलाई दुई-दुई वटा मन्त्रालय दिने सहमति भएको थियो तर अहिले एउटै मन्त्रालय दिने भन्दैछ। जसपाले कांग्रेससँग एकलौटी डिल गरेर मन्त्रीमण्डल विस्तार गर्न खोजेको छ,’ ती सांसदले भने, ‘सबै ठूला मन्त्रालयहरू जसपा र कांग्रेसले आफैले राख्न खोजेका छन्। जनमतको मन्त्रालय पनि खोसेर उसलाई सरकारबाट हटाउन खोजेको छ जबकी प्रधानमन्त्रीले उसलाई पनि सरकारमा सँगै राख्न भन्नुभएको छ।’

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारबाट बाहिरिने निर्णय भएको पुष्टि गरे।

यद्यपि थप कुरा उनले बताउन चाहेनन्। मन्त्रालय भागबण्डा मिलाउन सोमबार गठबन्धन घटक दलका नेताहरूबीच बैठक बसेको थियो।

तर बैठकमा कुनै ठोस निर्णय हुननसकेपछि आज बिहान फेरि बैठक बस्ने निर्णय भएको थियो। तर मुख्यमन्त्री यादवले बैठक नगरी कांग्रेस र नेकपा एसलाई सरकारमा सहभागी गराउन लागेपछि माओवादी आक्रोशित बनेको हो। अहिले प्रदेश सरकारबारे ठोस निर्णय लिन माओवादी, लोसपा र जनमत पार्टीको संयुक्त बैठक सुरू भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित