Khabar Samachar

सीमा विवादलाई कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ छ : प्रधानमन्त्री

204
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेकोमा सरकार प्रष्ट रहेको बताएका छन्। शनिबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सीमा विवादलाई कूटनीतिक पहलबाट समाधान गर्ने बताए।

उनले थाँती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा तथ्य र प्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गरिने सम्बोधनको क्रममा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट छ। थाँती रहेको सीमा विवादलाई ऐतिहासिक सन्धि, नक्सा तथ्य र प्रमाणको आधारमा कूटनीतिक पहलबाट समाधान गर्न सरकार दृण छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित