Khabar Samachar

Search
Close this search box.

आज गणतन्त्र दिवस मनाइँदै

202
VIEWS

गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ ।

सो घोषणाको अवसरमा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने गरिन्छ।

गणतान्त्रिक अभ्यासमा नेपालले ३ वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाका ससस्यहरुले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो।

त्यसपछि विद्यादेवी भण्डारी ०७२ कात्तिक ११ मा राष्ट्रपति चयन भएकी थिइन्। उनी दोस्रो कार्यकालका पनि राष्ट्रपति भएकी छिन्। ०७४ फागुन २९ मा राष्ट्रपतिको लागि भएको निर्वाचनमा उनी निर्वाचित भएकी थिइन्। यस्तै, रामचन्द्र पौडेल अहिले तेस्रो राष्ट्रपतिको रुपमा छन्।

२०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो। बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो। यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ।

यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो। संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो।

२०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो।संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भइ आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो। जसअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन्। संविधान जारी भएपछि दोस्रोपटक १ वर्ष अगाडि स्थानीय तह तथा गत मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित