Khabar Samachar

Search
Close this search box.

बाँकेमा बसको ठक्करबाट कारमा सवार २ जनाको मृत्यु

212
VIEWS

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३३३५ नंको बसले काठमाडौँबाट कोहलपुरतर्फ आउँदै गरेको बा १३ च ८२५३ नंको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेले जनाएको छ।

दुर्घटनामा कार चालक गोरखा, आँपपिपलका सुवास अधिकारी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ बस्ने करिब ५४ वर्षीया डा सञ्जु खाती खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

प्रहरीले बसलाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको बताइएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित