Khabar Samachar

Search
Close this search box.

प्रधानमन्त्री दाहालद्वारा महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण

201
VIEWS

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरेका छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग भेटवार्ता गर्नुअघि दाहालले महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

सो अवसरमा उनले महात्मा गान्धीको सम्मान र स्मरणमा एक मिनेट मौनधारण गरेका थिए । प्रधानमन्त्रीले त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गरे ।

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाश शरणमहतलगायत महात्मा गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजघाट पुगेका थिए । यसपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ताको कार्यक्रम छ । देउवा र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित