नेपाल र भारतबीच क्रसबोर्डर पेमेन्टका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेसनल पेमेन्ट कर्पोरेशन इन्डिया र नेपाल क्लियरिङ हाउसबीच क्रसबोर्डर अनलाइन पेमेन्टको सम्झौता भएको हो।
नेसनल पेमेन्ट कर्पोरेशन इन्डियाका तर्फबाट नितेश शुक्ला र नेपालको तर्फबाट नेपाल क्लियरिङ प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सझमदारी पत्रमा हस्ताक्षर गरेका हुन्।
अब नेपालमा आउने भारतीय र भारतमा जाने नेपालीले अनलाइनबाटै रकम कारोबार गर्न सक्ने भएका छन्। राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाको संयुक्त लगानी रहेको छ।
Discussion about this post