भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अबको १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको बताएका छन्।
उनले भने, ‘आगामी १० वर्षमा नेपालबाट १० हजार बिजुली आयात गर्ने लक्ष्य लिएका छौँ । खुर्कोट–कणाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले हाम्रो ऊर्जा सम्बन्धलाई थप मजबुत बनाउने छन् ।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको द्विपक्षीय वार्तापछि भएको पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको व्यापार सम्झौताले यो लक्ष्य पूरा गर्न सघाउने उल्लेख गरे।
आजै दुबै प्रधानमन्त्रीको उपस्थितिमा फुकोट कर्णाली र तल्लो अरूण निर्माणका लागि एमओयू भएको छ भने गोरखपुर-भैरहवा ४०० केभी प्रसारण लाइनको शुभारम्भ भएको छ।
Discussion about this post