Khabar Samachar

Search
Close this search box.

संसद विकास कोष खारेज गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो संकल्प प्रस्ताव

202
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय क्षेत्र पूर्वाधार कार्यक्रम खारेजीका लागि संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । यस शीर्षकमा विनियोजन भएको बजेट तत्काल अन्य आवश्यक विकास निर्माणका कार्यमा परिचालन गर्नुपर्ने पार्टीको माग छ ।

हालै अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा संसद विकास कोषलाई ब्यूँत्याएर प्रतिसंसद ५ करोड रुपैयाँ बजेट छुट्याएका छन् । यसका लागि कुल ८ अर्ब २५ करोड रकम विनियोजन गरिएको छ । सरकारले असहज आर्थिक परिस्थितिमा विवादित कार्यक्रम ब्यूँताएर जनतामा आर्थिक भार थपेको भन्दै रास्वपाले विरोध जनाएको हो ।

संकल्प प्रस्तावमा पार्टीले संसद विकास कोष खारेज गर्नुपर्ने तीनवटा कारणहरु उल्लेख गरेको छ । अर्थतन्त्र हराशयी भएको, विकेन्द्रीकरणको अवधारणा विरुद्ध रहेको, भ्रष्टाचारलाई बढावा दिने लगायत तर्क पार्टीले गरेको छ ।

पार्टीका उपसभापति तथा सांसद डोलप्रसाद अर्यालले संकल्प प्रस्ताव पेश गरेका हुन् भने अन्य सांसदहरुले पनि हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित