Khabar Samachar

मेस्सीले पीएसजीका लागि अन्तिम खेल खेल्दै छन् – पीएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टियर

210
VIEWS

अर्जेन्टाइन सुपर स्टार लियोनेल मेस्सीले यो सिजन समाप्तिसँगै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने पक्का भएको छ।

यो सिजन लिग वानको उपाधि उचालिसकेको पीएसजीका प्रशिक्षक क्रिस्टोफे गाल्टियरले मेस्सीले क्लबका लागि अन्तिम खेल खेल्न लागेको बिहीबार बताएका छन्।

विश्वविजेता मेस्सीले यही शनिबार लिग वनअन्तर्गत क्लेरमोन्ट फुटविरुद्ध पीएसजीका लागि अन्तिम खेल खेल्ने प्रशिक्षक प्रशिक्षक ग्लाटियरले बताएका हुन्।

‘मलाई फुटबल इतिहासका सर्वश्रेष्ठ खेलाडीलाई प्रशिक्षण दिने सौभाग्य मिल्यो’, उनले भनेका छन्, ‘मलाई लाग्छ यही शनिबार क्लेरमोन्ट फुटविरुद्धको खेल नै पीएसजीबाट मेस्सीका अन्तिम हुनेछ।’

अर्जेन्टिनी कप्तान मेस्सी स्पेनिस क्लब बार्सिलोना छाडेर २०७८ साउनमा फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका थिए।

उनले त्यसबेला पीएसजीसँग २ वर्षको सम्झौता गरेका थिए। त्यसबेला पीएसजीले मेस्सीलाई भित्र्याउँदै च्याम्पियन्स लिग जित्ने योजना बनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित