Khabar Samachar

Search
Close this search box.

एमाले सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले गरेन : ओली

203
VIEWS

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपाल’ भन्ने आँट कसैले पनि गर्न नसकेको दाबी गरेका छन् । अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि ‘समृद्ध नेपालः सुखी नेपाली’ भन्ने आँट कुनै पनि सरकार र प्रधानमन्त्रीले गर्न नसकेको जिकिर गरेका हुन् ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो सरकार हटेपछि अरूले समृद्धि नेपाल सुखी नेपालीको नारा कसैले बोक्ने आँट नगरेको बताएका हुन्।

‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन। ह्वाट दे वान्ट? समृद्ध नेपाल भन्ने जसको आँट छैन। भन्न सक्दैन,’ उनले भने।

उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउन आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको तर्क समेत गरे। छिटो विकास गर्न आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको पनि अध्यक्ष ओलीको भनाई थियो।

उनले गरिवी छिटो अन्त्य हुने गरी विज्ञान र प्रविधिको प्रयोग गर्न जरूरी रहेको समेत बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित