Khabar Samachar

मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै सन्दीप लामिछाने दक्षिण अफ्रिका जाने

214
VIEWS

नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै दक्षिण अफ्रिका जाने तय भएको छ।

सन्दीपलाई लिएर देसाई पनि सोमबार (जेठ २२) नै दक्षिण अफ्रिका जाने तय भएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले  बताए। राष्ट्रिय टोलीका कप्तान रोहीत पौडेलसहितका अन्य सदस्यहरू गत मंगलबार नै त्यसतर्फ गइसकेका छन्।

तर अदालतले आफ्नो मुद्दाको फैसला छिटो नगरेको भन्दै सन्दीप भने टोलीसँग गएका थिएनन्।

सन्दीपको मुद्दालाई लिएर वकिलहरूले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए।

अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को तारिख आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्नेछ।

जेलबाट छुटेर पनि बलिङ र ब्याटिङ दुवैमा आफ्नो प्रभाव जमाइरहेका सन्दीपबिनाको राष्ट्रिय टोलीमा समस्या देखिने भएपछि क्यानले उनलाई लैजान पहल गरेको थियो।

अब उनीविरुद्धको मुद्दाको पेशी असार २९ यता तोकिने छैन। यस्तोमा उनले दक्षिण अफ्रिकाको अभ्यास म्याच र जिम्बाब्वेमा हुने छनोट खेलमा पनि सहभागी हुन पाउने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित