प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । हिजो विपक्षी दलहरूले अवरुद्ध गरेपछि स्थगित भएका बैठक आज बस्न लागेका हुन् ।नेकपा एमालेलगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण आइतबार सुरु हुनासाथ स्थगित संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) का बैठक आज बस्दै छन्।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको नागरिकता विधेयक नवनिर्वाचित संसद्मा छलफल नगराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण गराएको तथा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराको सट्टा बंगलादेश जाने बाटोसँग साट्न सकिने भनेर दिएको अभिव्यक्तिको विरोधमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका दल एकमत हुँदै विरोधमा उत्रिएका कारण आइतबार दुवै सदनका बैठक सुरु हुनासाथ रोक्नुपरेको थियो।
आइतबारै पुनः बैठक राख्ने प्रयास असफल भएपछि दुवै सदनका बैठक आजका लागि तोकिएका हुन्।
Discussion about this post