Khabar Samachar

कालापानीसँग भूमि साट्ने प्रस्ताव मैले कहीँ पनि गरेको छैन – प्रधानमन्त्री पुष्पकमल दाहाल

209
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँ पनि विकल्प नदिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सीमाबारे विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका हुन् । प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए ।

‘मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाऊँ भनेर प्रस्तावित गरेको छैन । प्रस्ट होस्’, प्रचण्डले भने, ‘कहीँ कोही कन्फ्युजन नहोस् । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठुलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’ आफूले सोहीअनुसार भूमिका खेलेको पनि प्रचण्डले बताए । उनले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रष्ट होस् । कहीँ कोही कम्फ्युजन नहोस् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’

उनले सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे । तुलनात्मक रूपमा आफ्नो भारत भ्रमण सफल मात्रै नभई ऐतिहासिक भएको पनि प्रचण्डले बताए ।  उनले अगाडि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत समस्याको विषयमा पुरै गम्भीरता र जिम्मेवारीपूर्वक भन्न चाहन्छु । यो समस्या समाधान गर्नै पर्छ । जबसम्म दीर्घकालीन समाधान हुँदैन, नेपाल–भारत बीचको समस्या समाधान हुन सक्दैन ।’

उनले सिमानाको विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले प्रस्टसँग राखेको पनि बताए । सिमानाको समस्या हल गर्नुपर्छ भनिएको प्रधानमन्त्री स्तरबाट पहिलोपटक भएको दाबी गर्दै प्रचण्डले भने, ‘सीमा समस्या हाल गर्नुपर्छ । प्रधानमन्त्री स्तरबाट बोलिएको पनि यो पहिलो पटक हो । हामीले यो समस्या स्थायी रूपमा समस्या समाधान होस् भन्ने चाहेका छौँ ।’

उनले पहिलोपटक भारतीय प्रधानमन्त्रीले  सीमा समस्या हल गर्ने विषयमा बोलेको भन्दै खुसी पनि व्यक्त गरे ।  ‘२०१४ मा यही संसद्मा नेपाल–भारतबीचको सम्बन्ध हिट भएको थियो, अब सुपर हिट हुन्छ भन्नु भएको छ । यसमा खुसी मनाउने कि दुःख मनाउने हो ?’, प्रचण्डले भने, ‘यो खुसीको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित