Khabar Samachar

Search
Close this search box.

‘अखण्ड भारत’ नक्साबारे भारतसँग स्पष्टीकरण माग्दै बंगलादेश

224
VIEWS

बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग गर्न दिल्लीस्थित आफ्नो मिसनलाई निर्देशन दिएको छ ।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने प्रक्रियामा रहेको बताए ।

उनले प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको जानकारी गराए ।

बंगलादेशको विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका नेताले उक्त नक्सा ‘बंगलादेशको स्वतन्त्रता र सार्वभौमिकताको लागि खतरा’ भनेर वर्णन गरेको दुई दिन पछि विदेश राज्यमन्त्री आलमको यो टिप्पणी सार्वजनिक भएको हो ।

‘नक्सालाई लिएर व्यापक आक्रोश देखिएको छ । यसको स्थापनामा कुनै शंका छैन । यद्यपि, थप स्पष्टीकरणको लागि, हामीले दिल्लीस्थित मिसनलाई भारतको आधिकारिक धारणा के हो भनेर बुझ्नको लागि त्यहाँको विदेश मन्त्रालयसँग कुरा गर्न भनेका छौं,’ विदेश राज्यमन्त्री आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले सामग्री प्रकाशन गरेको छ ।

भारतको नयाँ संसद भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेपछि त्यसको नेपाल र पाकिस्तानमा विरोध भइरहेको छ ।

नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चार दिने भ्रमणका क्रममा उक्त विषयलाई नउठाएको भन्दै संसदमा प्रतिपक्षी दल नेकपा एमालेले आलोचना गरिरहेको छ ।

यसअघि विपक्षी दलले उठाएको अखण्ड भारत नक्सामाथि जवाफ दिँदै प्रचण्डले ‘भारतको संसद भवनमा राखिएको उक्त नक्सा अखण्ड भारतको सांस्कृतिक नक्सा भएको र समकक्षी मोदीसँग आफूले यस विषयमा कुरा उठाएको’ बताएका थिए ।

त्यसपछि प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठ्दा प्रधानमन्त्रीले नै सांस्कृतिक नक्सा भनेर भन्नु उचित नभएको संसदमा बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित