Khabar Samachar

काठमाडौंका बालबालिकामा देखियो दादुरा संक्रमण

214
VIEWS

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ मा चार बालबालिकामा दादुरा रोग देखिएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा त्यहाँबाट ल्याइएका पाँच नमुनामध्ये चारवटामा दादुरा पुष्टि भएको परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका खोप अधिकृत भरत भण्डारीले जानकारी दिए।

गोकर्णेश्वर नगरपालिकाको एक विद्यालयमा ५४ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएपछि पाँचजनाको नमुना जाँच गर्दा चार बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको भण्डारीले बताए।

लक्षण देखिएका धेरैजसो बालबालिकाले खोप नलगाएको पाइएकाले उनीहरुलाई निगरानीमा रखिएको उनले बताए।

यसअघि २०७९ पुस १२ मा बाँकेको नेपालगन्जमा ठूलो मात्रामा दादुरा देखिएको थियो। त्यस बेला ११ सयभन्दा बढी बालबालिकामा दादुराको संक्रमण पुष्टि भएको थियो भने एकजनाको मृत्युसमेत भएको थियो।

दादुरा, रुबेला पूर्ण खोप घोषित बाँकेमा कसरी दादुरा फैलियो भनेर अध्ययन गर्दा पूर्ण खोप घोषणा नै गलत पाइएको थियो। किनभने संक्रमितमध्ये धेरैले दादुरा/रुबेलाविरुद्धका खोप नै नलगाएको पाइयो।

त्यो समयदेखि हालसम्म दादुरा १७ जिल्लामा फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सरकारले २०२६ सम्म दादुरा/रुबेला निवारण गर्ने लक्ष्य लिएको छ। तर फेरि दादुरा देखिन थालेपछि निवारणमा चुनौती थपिँदै गएको स्वास्थ्य विज्ञहरु बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित