Khabar Samachar

सत्तारुढ पाँचदलीय गठबन्धनको ३-३ को भागवण्डाको प्रयास

208
VIEWS

सत्तारुढ पाँचदलीय गठबन्धनले कांग्रेसलाई ६ मध्ये ३ वटा महानगरपालिकामा भागवण्डाको प्रस्ताब गरेका छन ।

सत्तारुढ पाँचदलीय गठबन्धनको सत्तारुढ पाँचदलीय गठबन्धनको तयारी र अनुगमन संयन्त्रमा दलहरुले ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन कांग्रेसलाई प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयन्त्रको आइतबार बसेको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले महानगरको भागवण्डा प्रस्ताव गरेका हुन् ।

नेताहरुले कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका हुन् । ‘३ वटा महानगर कांग्रेसले राखोस्, ३ वटा हामी लिन्छौं भनेका छौं,’ एक नेता भन्छन्, ‘कांग्रेस नेताहरुले सहमति जनाइसक्नुभएको छैन ।’

अहिले ललितपुर र विराटनगर महानगरको नेतृत्वमा कांग्रेस छ भने भरतपुरमा माओवादी केन्द्र । जसपाबाट जितेका मेयर विजय सराबगी पनि काठमाडौं र पोखराको मेयर जितेको एमालेमा प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित