शनिबार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकालेको छ । त्योसँगै थ्री स्टार रेलिगेसनमा पर्नबाट जोगिएको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सिजनको अन्तिम खेलमा विक्रमले ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेका थिए । त्यसपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेसनबाट बचाउन सफल भए ।
जितसँगै थ्री स्टार २६ खेलबाट ३२ अंक जोड्दै नवौँ स्थानमा उक्लियो । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा पर्यो । ०६२ सालदेखि ‘ए’ लिग खेलेको एपीएफ पहिलोपटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो ।
जावलाखेलले भने हारबाट सिजनको अन्त्य गर्यो । जावलाखेलले २६ खेलबाट ३७ अंक जोड्यो । जावलाखेलले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको हो ।
Discussion about this post