Khabar Samachar

प्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्य परीक्षण

220
VIEWS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पूर्ण स्वास्थ्य परीक्षण गरिएको छ । प्रधानमन्त्री दाहालको सोमबार दिउँसो पूर्ण स्वास्थ्य परीक्षण गरिएको नर्भिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री दाहाल सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । करिब डेढघण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले जानकारी दिए ।
यसैबीच प्रधानमन्त्री पत्नी सीता दाहालको पनि नर्भिकमा फलोअप चेकजाँच भएको छ । उनलाई चेकजाँच पछि सोमबार नै निवास लगिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित