Khabar Samachar

सावित्रा भन्डारी(साम्बा)ले इजरायली क्लबबाट व्यावसायिक फुटबल खेल्ने

205
VIEWS

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी इजरायली क्लब हापोएल रानानासँग अनुबन्धित भएकी छन्। सावित्रा इजरायली क्लबमा अनुबन्धन भएसँगै व्यावसायिक जीवनमा युरोपबाट प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीसमेत बनिन्।

सावित्राले आगामी सिजनका लागि हापोएल रानानासँग मंगलबार सम्झौता गरेकी हुन्। क्लबले मंगलबार नै सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको स्पष्ट पारेको छ। सावित्राले पनि आफू इजरायली क्बलमा अनुबन्धन भएको बताइन्।

उनले भनिन्, ‘मेरो युरोपमा फुटबल खेल्ने सपना इजरायली क्लबबाट पूरा गर्ने अवसर पाएको छु। क्लबमा अनुबन्धन भएसँगै थप उत्कृष्ट प्रदर्शन गर्ने प्रेरणा मिलेको छ।’ उनले आफ्नो करिअरको यो अध्याय पनि सफल हुने विश्वास व्यक्त गरिन्।

उनले भनिन्,’मलाई लाग्छ यो मेरो करिअरको यो अध्याय पनि राम्रो सँग अघि बढाउने छु। यसले मलाई नयाँ अनुभव र ढोकाहरु खोल्न सहयोग गर्नेछ।’

क्लबले सावित्रालाई नजिकबाट नियालेको भन्दै अन्ततः उनलाई क्लबमा औपचारिक अनुबन्धन गरेको जनाएको छ। क्लबले भनेको छ, ‘लामो समयदेखि उनलाई नजिकबाट हेरेका थियौँ। अन्ततः उनलाई क्लबमा अनुबन्धन गरेका छौँ।’ उनीसँग उत्कृष्ट क्षमता रहेको विश्वास क्लबले गरेको छ।

यसअघि सावित्राले भारतीय शीर्ष डिभिजन लिगमा सनसनीपूर्ण प्रदर्शन गरेकी थिइन्। सावित्राले १० खेलमा २९ गोल गर्दै गोकुलम केरलालाई लगातार उपाधि दिलाएकी थिइन्। नेपालको घरेलु फुटबलमा एकछत्र राज गरेकी उनले पहिलो पटक युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्न लागेकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित