राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटु जाँचका लागि पौडेल मंगलबार बिहान गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र भर्ना भएका हुन् ।
राष्ट्रपतिका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार नियमित जाँचका लागि उनलाई अस्पताल लगिएको हो ।
भर्नापछि राष्ट्रपति पौडेलको मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।
राष्ट्रपति पौडेल हालैमात्र भारतमा उपचार गरेर फर्किएका हुन् ।
Discussion about this post