Khabar Samachar

Search
Close this search box.

‘अखण्ड भारत’ को नक्साबारे भारतलाई कुटनीतिक नोट पठाउन सांसद रघुजी पन्तको माग

203
VIEWS

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले नयाँ संसद भवनमा राखेको नक्साबारे कुटनीतिक नोट पठाउन माग गरेका छन्।

विबिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले नेपाली भूमि भारतीय नक्शामा समेटिँदा समेत राज्य मौन भएको बताए । ‘यस्तो नक्शाप्रति हाम्रो मौनता देशको स्वाधिनताप्रतिको बेवास्ता हो’, सांसद पन्तले भने, ‘यस्तो नक्शाप्रति विरोध जनाउँदै नेपाल सरकारले भारत सरकारलाई तत्काल कूटनीतिक नोट पठाएर संसदलाई जानकारी दिन माग गर्दछु ।’

उनले नक्साका बारेमा भारतीय विदेशमन्त्री र अन्य मन्त्रीहरूको अभिव्यक्ति फरकफरक आएको समेत बताए।

नक्साबारे भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी मुलुक नेपालले बुझेको भन्ने अभिव्यक्ति दिएको र अर्को मन्त्रीले सामाजिक सञ्जालमा नक्सा राखेर ‘संकल्प अखण्ड भारत’ लेखेको बताउँदै सरकारले यसबारेमा स्पष्ट पार्नुपर्ने बताए।

‘के सरकारले चित्त बुझाएको हो?’ उनले सोधे।

पन्तले सीमा समाधानबारे भारतीय प्रधानमन्त्रीसँग भएको कुराकानीको विषय प्रधानमन्त्री पुष्पकमल दाहालले सदनलाई ढाँटेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित