काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।
फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए।
सामाजिक सञ्जालमा फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने डाइलग भारतबाटै सच्चिएर नआए काठमाडौं महानगरपालिकामा कुनै पनि हिन्दी फिल्म चल्न नदिने मेयर शाहले चेतावनी दिएका हुन् ।
उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए।
Discussion about this post