नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पनि समेटिन तयार भएपछि नेकपा माओवादी केन्द्रसहितको समाजवादी मोर्चा भोलि (असार ४ गते) नै घोषणा गरिने भएको छ।
यसअघि आइतबार (आज) बिहान प्रधानमन्त्री प्रचण्डसहित चार दलका शीर्ष नेताबीच बालुवाटारमा भएको छलफल (जसमा बाबुराम सहभागी भएका थिएनन्) ले मोर्चा असार ५ गते घोषणा गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए। प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।
जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।
तर समाजवादी मोर्चामा बाबुराम पनि सहभागी हुन सहमत भएपछि मोर्चालाई पछि बृहत् बनाउने गरी भोलि नै घोषणा गर्ने तय भएको हो।
‘राष्ट्रिय सभागृहबाट भोलि (असार ३ गते) समाजवादी मोर्चा घोषणा हुन्छ’, जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्रमान श्रेष्ठले नेपालखबरसँग भने, ‘अहिलेसम्म छलफलमा रहेका दल (माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी) बीच भोलि नै मोर्चा घोषणा गर्छौं र पछि अन्य दललाई समेटेर मोर्चालाई बृहत् बनाउँछौँ।’
सोमबार अपराह्न मोर्चा घोषणा गरिने उनको भनाइ छ।
Discussion about this post